
काठमाण्डौ, २ माघ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको हो । आशिका तामाङलाई अभद्र व्यवहार कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताउनुभयो ।
आशिकाविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दिएको थियो । कोष परिसरमा गएर कर्मचारीलाई गालीगलौज गरेको भन्दै तामाङविरुद्ध उजुरी परेको छ । साथै गौशालामै तामाङले प्रहरीलाई पनि गालीगलौज गर्दै धकेलाधकेल गरेको आरोपमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको एसपी अधिकारीले बताउनुभयो ।।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार