गैँडाको आक्रमणबाट थप एक जनाको मृत्यु

चितवन, १ माघ ।  चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा आज दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

यो सँगै गैँडाको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । नेपाल प्रहरीकाअनुसार चालु आर्थिक वर्षमा गैँडाको आक्रमणबाट १४ जना घाईते भएका छन् । यस्तै ४ जनाको भने उद्वार गरिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया