७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

काठमाण्डौ, १ माघ ।  सरकारले ७१ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ ग्रहण गराउनुभएको छ ।

सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५–३५ वटा जिल्ला र सात वटा जिल्लामा मधेश केन्द्रित दललाई भाग दिइएको छ । शपथ कार्यक्रममा मन्त्री अधिकारीले अब बन्ने भूमि समस्या समाधान आयोगले जग्गासम्बन्धी सबै समस्याहरूको अन्त्य गर्ने दाबी गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया