भोजनमा सुधार गरौँः योग प्रशिक्षक दहित

बाँँके, २७ पुष । बाकेको राप्ती सोनारी १ लौकीमा अवस्थित श्री सिद्धेश्वर महादेव माध्यामिक विद्यालय लौकीमा एक दिवसीय योग तथा मनोपरामर्स शिविर सप्पन्न भएको छ। योग प्रशिक्षक तथा गायत्री साधक श्रीराम दहितको प्रशिक्षणमा भएको हो । योग प्रशिक्षक दहितले योग, आध्यात्म र ध्यानको विज्ञान सम्मत महत्त्वलाई प्रकास पारर्नु भएको छ । प्रशिक्षक दहितले आजको युगमा शिक्षक र विद्यार्थीहरुमा हुनुपर्ने आचरण, व्यवहारको बारेमा चर्चा गर्नुभएको थियो। मानवले ग्रहण गर्ने भोजनले शारीरिक तथा मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने तथ्य उजागर गर्दै प्रशिक्षक दहितले शिक्षक विद्यार्थीहरुलाई ध्यानका बिधि र योगाका आसण तथा प्रणायमहरु सिकाउनु भएको थियो।

प्रत्येक नागरिकले आफूले खाइरहेको भोजन कस्तो छ त्यसको बारेमा ख्याल गरेर अशुद्ध जोजन गरिरहेका छ भो शुद्ध भोजन गर्न सुझाव दिनुभयो ।विद्यालयका निवर्तमान प्रधानाध्यापक श्री रुद्र बहादुर वलीले विद्यालयको उन्नयनमा आफुले हिजो सक्दो प्रयास गरेको र आउदा दिनहरूमा पनि अन्तरात्मादेखि सहयोग गर्ने उद्घोष गर्नुभयो।

समापन सत्रलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक प्रेम शर्माले अनुशाशीत, चरित्रवान र अव्वल विद्यार्थी उत्पादन गर्नुका साथै विद्यालयको सर्वाङ्गिण विकासका लागि आफू जूनसुकै त्याग गर्न तयार रहेको कुरा अवगत गराउनु भयो। योग, आध्यात्म र संस्कारयूक्त शिक्षा आजको आवश्यकता भएको कुरा उल्लेख गर्दै प्रधानाध्यापक शर्माले विद्यालयको विकासको लागि समाजका सबै तह र तप्का सग हातेमालो गर्ने वचनवद्धता जाहेर गर्नुभयो ।।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया