
तुलसीपुर, २६ पौष । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना वडासचिव घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण–३ का वडासचिव प्रमोद गिरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रा २ प ४६५२ नम्बरको पल्सर मोटरसाइकलमा दंगीशरण–३ को वडा कार्यालयबाट तुलसीपुरतर्फ आउदै गरेका वडासचिव गिरीले अत्यधिक मादक पदार्थ (रक्सी पिएको) सेवन गरेका कारण अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दंगीशरणबाट तुलसीपुरतर्फ आउदै गर्दा आज बेलुका बालापुर नजिकै उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका गिरीलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । उनको मोटरसाइल प्रहरी चौकी बालापुरले नियन्त्रणमा लिएको छ । उनको उपचारका लागी दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीलगाएतका व्यक्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका थिए ।।