विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गरिने

काठमाडौँ, २५ पुष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने भएको छ । ती कलेजहरूको नियमन तथा व्यवस्थापनका लागि निर्देशिका बनाइरहेको मन्त्रालयले यही महिनाभित्रमा अनुगमन समेत थाल्ने जनाएको हो ।शिक्षामन्त्री विद्या भट्टराईले त्यस्ता कलेजहरूको यही महिनाभित्रमा अनुगमन थालिने बताउनुभयो ।

हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर ५९ वटा कलेजहरू सञ्चालनमा छन् । ती मध्ये १४ वटा कलेजले मात्रै तोकेको मापदण्ड पुरा गरेको मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनले औँल्याएको थियो ।मापदण्ड पुरा नगरेका कलेजहरूलाई मापदण्ड पुरा गर्नका लागि निश्चित समय दिन समेत कार्यदलले सुझाव दिएको थियो ।

कार्यदलले दिएको सुझावका आधारमा निर्देशिका बनाउने काम भइरहेको र माघको पहिलो हप्ताभित्रमा निर्देशिका बन्ने मन्त्री भट्टराईले बताउनुभयो ।निर्देशिका अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री भट्टराईले मागको पहिला हप्तामा निर्देशिका आउने र त्यसले नियमन गर्न सजिलो हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया