बुद्धिमान पुन, सल्यान १२ असार ।
सल्यानका तीन स्थानिय तहहरुले निति, कार्यक्रम तथा बजेट सार्बजनिक गर्न सकेका छैनन् । असार १० गते सबै स्थानिय तहहरुले निति, कार्यक्रम तथा बजेट सार्बजनिक गर्नु पर्ने भए पनि आबश्यक तयारी अभाबका कारण सार्बजनिक गर्न सकेका छैनन् । अहिले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी गाउपालिका र दार्मा गाउपालिकाले निति, कार्यक्रम तथा बजेट सार्बजनिक गर्न नसकेका हुन् ।
बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुनले आबश्यक तयारी अभाबका कारण निति, कार्यक्रम तथा बजेट सार्बजनिक गर्न नसकेको बताए । उनले अबको एक हप्ता भित्रमा सार्बजनिक गरिने बताए । यस नगरले २७ करोड बढीको बजेट ल्याउने तयारी गरेको छ । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिकास निर्माणका कामहरुलाई प्राथामिता राखेर निति तथा कार्यक्रम सार्बजनिक गर्ने तयारी रहेको छ ।
यस्तै छत्रेश्वरी गाउपालिकाले २० करोड बढीको बजेट ल्याउने तयारी गरेको गाउपालिका अध्यक्ष सन्तोष केसीले बताए । उनले गाउपालिकामा सञ्चालन योजनाहरु कार्यपालिका बैठक बाट टुंगो लगाएर गाउसभामा पेश गरिने बताए । उनले गाउपालिकाको आबश्यक तयारी अपुगका कारण समयमा नै निति, कार्यक्रम तथा बजेट ल्याउन नसकेको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, बिद्यक्त लगाएतका क्षेत्रलाई प्राथामिकतामा बजेट आउने बताए ।
यस्तै दार्मा गाउपालिकाले यस आर्थिक बर्षमा सञ्चालन हुने निति तथा कार्यक्रम गाउसभामा पेश गरिएको जनाएको छ । गाउपालिकाले ती निति तथा कार्यक्रम पारित गरे पछि बजेट सार्बजनिक गरिने गाउपालिका अध्यक्ष निम बहादुर केसीले बताए । उनले २४ करोड बढीको बजेट ल्याउने गाउपालिकाले तयारी गरेको बताए । छत्रेश्वरी गाउपालिका र दार्मा गाउपालिकाको निति, कार्यक्रम तथा बजेट सार्बजनिक गर्न अझै केही दिन लाग्ने छ ।
जिल्लाका अन्य ७ स्थानिय तहहरुले भने बिकास निर्माणका कामहरुलाई प्राथामिकता दिएर आर्थिक बर्ष २०७५÷०७६ को निति, कार्यक्रम तथा बजेट सार्बजनिक गरेका छन् । यी स्थानिय तहहरुले गरिबी न्यूनिकरण देखी उत्पादनकर्ता कृषकलाई राजश्वमा १० प्रतिशत छुट दिने निति, कार्यक्रममा समाबेश गरेका छन् ।
शारदा नगरपालिकाले ५२ करोड, १५ लाख, ४ हजार बराबरको अनुमानित बजेट सार्बजनिक गरेको छ । जस अन्तरगत चालु तर्फ ३८ करोड, ३२ लाख, ८ हजार र पुँजिगत तर्फ १३ करोड,८२लाख, ९६ हजार रहेको छ । यस्तै बागचौर नगरपालिकाले ४४ करोड, ४८ लाख ३२ हजार बराबको अनुमानित बजेट सार्बजनिक गरेको छ ।
यस्तै सिद्धकुमाख गाउँपालिकाले १९ करोड ९५ लाख ९२ हजार बढी रुपैयाँ बराबरको बजेट निनियोजन सार्बजनिक गरेको छ । जसमा चालु तर्फ ४ करोड, ८८ लाख, २७ हजार र पुजीँ तर्फ ७ करोड, ३८ लाख, ५३ हजार रहेको छ ।
यस्तै कपुरकोट गाउँपालिकाले २३ करोड ४१ लाख ९८ हजार रुपैयाँ बराबरको अन्ुमानीत बजेट सार्बजकि गरेको छ । जसमा राजश्व बाँडफाँडबाट चालु खर्च तर्फ रु ४ करोड ४६ लाख २४ हजार, पँुजिगत खर्च तर्फ १० करोड ५४ लाख ७४ हजार र सशर्त ८ करोड ४१ लाख रहेको छ ।
यस्तै त्रिवेणी गाउँपालिकाल २८ करोड ८८ लाख १६ हजार एक सय ७७ रुपैयाँ बराबरकोे बजेट प्रस्तुत गरेको छ । जसमा चालु तर्फ सशर्त समेत ३ करोड १४ लाख ३१ हजार ४ सय ५२ र पूजिगत तर्फ २५ करोड ७३ लाख ८४ हजार ७ सय १८ रहेको छ । यस्तै कुमाख गाउपालिकाले २४ करोड, ७४ लाख, ३८ हजार बराबरको बजेट सार्बजनिक गरेको छ । यस्तै कालीमाटी गाउपालिकाले ४१ करोड, १५ लाख, ५ हजार बराबरको बजेट सार्बजनिक गरेको छ ।