
तुलसीपुर,२२ पौष । ज्ञान ज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुले न्यानो टोपी पाएपछि खुशी भएका छन् । बि.वाई.डि.कम्पनी दाङको सहयोगमा तुलसीपुुर उपमहानगरपालिका ५ सुन्दर नगरमा अवस्थित ज्ञान ज्योति आधारभुत विद्यालयमा अध्ययनरत ३५० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी न्यानो टोपी वितरण गरिएको हो ।
गरिव तथा विपन्न समुदायका वालवालिकाहरु अध्ययन गर्दै आईरहेको ज्ञान ज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडो समयमा केही राहत मिल्ने उदेश्यले न्यानो टोपी वितरण गरिएको बि.वाई.डि. कम्पनी दाङका सञ्चालक तथा तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष विमल कुमार पौडेलले बताउनुभयो । यस्तै उहाँले व्यवसाय गर्ने धेरै व्यवसायीहरु हुँदै गर्दा व्यवसायबाट भएको केहि मुनाफा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा लगाउन आवश्यक भएको पनि बताउनुभयो ।
यस्तै उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिशिद्धेश्वरी राप्ति यातायात प्रा.लि.का अध्यक्ष सुरेश हमालले कुनै विद्यार्थीहरु पोशाक तथा शैक्षिक सामाग्रीको अभावबाट विद्यार्थीहरु विद्यालयबाट वञ्चित हुने अवस्था आउन नदिन र विद्यार्थीको पढाईप्रतिको रुचि बढाउन यस्ता कार्यक्रमहरुले थप मदत पुग्ने बताउनुभयो । विद्यार्थीहरुलाई विद्यालय पोशाकले अनुसाशनमा रहन सिकाउने भन्दै अध्यक्ष हमालले आवश्यक परे आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यायलका प्र.अ.मेघराज घिमिरेले गर्नुभएको थियो ।