
तुलसीपुर, २१ पौष । दाङको तुलसीपुरमा पक्राउ परेका जुवाडेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ का ४४ बर्षीय गोरख बहादुर वली (गौरव), सोहि ठाँउका ५६ बर्षीय मिनराज ओली, ४२ बर्षीय लिला बहादुर वली, ५५ बर्षीय लालबहादुर गुरुङ, ३१ बर्षीय नवीन ओली, ४४ बर्षीय पूर्णबहादुर डाँगी, ४० बर्षीय ओमकार ओली, चितवनको भरतपुर–२१ का ४३ बर्षीय पुष्पराज घिमिरे र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–८ का ४१ बर्षीय नरविर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । पक्राउ परेकाहरु पटक पटक जुवाको खालबाट पक्राउ परेका पटकेहरु भएको डिएपी ठकुरीले बताउनुभयो ।
‘तुलसीपुरमा प्रहरी अवैध जुवा नियन्त्रणमा सक्रिय छ भन्ने कुरा यीनी जुवाडेलाई थाहा थियो । तर अटेर गरेर चितवनबाट मान्छे बोलाएर जुवा मच्चाउने यी पटकेहरुका विषयमा अनुसन्धान गरिरहेका छौ ।’ डिएसपी ठकुरीले भन्नुभयो । प्रहरीले ९ जनाई लैजान दुइखेप गरेको थियो । उनिहरुलाई प्रक्राउ गरेर प्रहरीको हिरासतमा लग्न भिडभाडका कारण प्रहरीलाई हम्मेहम्मे भएको थियो ।
हिजो शनिबार दिउँसो तुलसीपुर–५ (ङ) लाइनमा रहेको गोरख वलीको घरमा अवैधरुपमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले हरीले पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा गएको प्र्रहरी टोलीले वलीको घरभित्र जुवाको खालबाट नगद २ लाख ५२ हजार ६५ रुपैयाँ नगद, १०२ पत्ता तास र नखोलेको नयाँ १ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको डीएसपी ठकुरीले बताउनुभयो । पक्राउ परेका मध्य अधिकांस व्यापारीहरु रहेका छन् । उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।