लागु औषध विरुद्धको अभियानमा सल्यान प्रहरी

तुलसीपुर, ११ असाढ / लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लामा विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले श्रीनगर स्थित शिवजन माध्यामिक विद्यालयमा लागु औषध दुर्वेशन विरुद्ध जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लागु औषध, लागु औषधको परिभाषा, युवामा पार्ने असर, कुलतबाट बच्ने उपाय, लागु औषधका प्रकार, यसले समाजमा पार्ने असर लगाएतका बारेमा जानकारी दिइएको थियो ।
९० जना विद्यार्थी सहभागी रहेको कार्यक्रमको प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भरत बहादुर वि.कले प्रशिक्षण दिएका थिए ।

 

 

प्रकाशित मिति : २०७५ असार ११ गते सोमवार
प्रतिक्रिया