सबिता सुनार , दाङ ११ असार ।
आर्थिक बर्ष २०७४/७५ मा प्राकृतिक बिपत्तिका घटनावाट दाङ जिल्लामा १० करोड बढीको क्षति भएको पाइएको छ । चालु आर्थिक वर्षको असार २ गते सम्मको तथ्याङ अनुसार बाढी, बर्षा ,चट्याङ, आवाहुरी ,आगलागी लगाएतका प्राकृतिक बिपत्तिका घटनाबाट १० करोड ६६ लाख २० हजार ८ सय १५ रुपैयाको क्षति भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको हो ।
दाङमा बाढीबाट ७ जनाको ज्यान गएको थियो भने ३ जना घाईते भएका थिए । ३ सय ५९ ओटा घरमा क्षेति पुगेको थियो । यस्तै ५१ ओटा पशु चौपायको मरेका थिए भने १ हजार ३ सय ३२ ओटा कुखुरा मरेको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी सहायक निरीक्षक सुरेन्द्र कार्किले जानकारी दिनु भएको छ ।
आगलागीबाट १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आलागीमा ५७ ओटा घर र १४ ओटा गोठमा क्षेति पुगेको छ भने २ ओटा पशु चौपाय मरेका छन् । यसबाट २९ लाख ५१ हजार ५ सय ६५ रुपैया बराबरको क्षेति भएको छ ।
यस्तै हावाहुरीबाट मानविय क्षेति भने नभएको र घर गोठ गरि ७१ ओटामा क्षृति पुर्याएको छ यसबाट १ करोड ४१ लाख ८५ हजार ८ सय ५० रुपैयाको क्षेति भएको जील्ला प्रहरी कार्यलयको तथ्याङले देखाएको छ ।
आर्थिक बर्ष भरीमा बर्षा र चट्याङमा ६ घर र १५ ओटा गोठमा गरि ७० लाख २७ हजार १ सय ४० रुपैयाको क्षेति भएको प्रहरी सहायक निरीक्षक कार्किले बताउनु भयो ।
फाईल फोटो