शारदा नगरपालीकाको बजेट ५२ करोड

मिना बुढाथोकी , सल्यान १० असार ।
जिल्लाको पहिलो नगरपािलका शारदा नगरपालिकाले आगामी आ.व. ०७५/०७६ को निति तथा कार्यक्रमका साथै अनुमानित विनियोजित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगर सभाबाट प्रस्तुत भएका नीति तथा कार्यक्रमको आईतबार एक कार्यक्रमका बीच सार्वजनिकीकरण गरिएको हो ।

शारदा नगरपालिका सल्यानको निती तथा कार्यक्रममा समृद्ध नगर, खुसी नगरबासी को नितिलाई पहिलो प्राथामिकतामा राखिएको छ । कार्यक्रममा उत्पादनकर्ता कृषकलाई राजश्वमा १० प्रतिशत छुट दिने, भकारो सुधार कार्यक्रम सञ्चालन गरिने, प्रतिक्षालय, पार्क तथा चिल्डेन पार्क निर्माण गरिने उल्लेख गरिएको छ ।

यस्तै बिरुवा हुर्काए वा संरक्षण गरे बाफत प्रतिबिरुवा २० रुपैँया प्रोत्साहन दिनईने, सांस्कृतिक संग्रालयको स्थापना गरिने, खलंगामा रहेको खुकुरी बनाउने पेशालाई उद्योगमा परिणत गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको नगर प्रमुख सुरेश अधिकारीले बताए ।

निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख अधिकारीले नगर अन्र्तगत रहने गरी २ जना खेलकुद प्रशिक्षक राखिने, सामुदायिक र निजि बिद्यालयको शुल्कमा एक रुपता ल्याईने, सार्बननिक शौचालयको ब्यबस्था गरिने, नगरका आबधिक योजना, दिगो बिकासका लक्ष्यहरु, बिषेश गौरबका आयोजनाहरुलाई निरन्तरता दिईने उल्लेख गरिएको छ ।

५२ करोड,१५ लाख,४ हजार बराबरको अनुमानित बजेट प्रस्तुत

“समृद्ध नगर, खुशी नगरवासी” भन्ने लक्ष्यका साथ नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले ५२ करोड,१५ लाख,४ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् । जस अन्तरगत खर्च तर्फ चालु खर्च ३८करोड,३२लाख,८ हजार र पुँजिगत तर्फ १३करोड,८२लाख, ९६ हजार रहेको उनले बताईन् ।बजेटले प्रविधि युक्त विकसित नगर, जनमैत्री सार्वजनिक सेवा, सहभागितामुलक विकासका क्रियाकलापको माध्यमवाट क्ःब्च्त् ज्क्ष्ीी ऋक्ष्त्थ् बनाउने आधार तयार पार्न मद्दत गर्ने विश्वास लिएको नगर उप प्रमुख बस्नेतले बताईन् ।

नीती, कार्यक्रम र बजेट भाषण गर्दै उनले नगरलाई समृद्ध, समुन्नत र विकसित तथा नगरबासीलाई सक्षम बनाउनको लागि पूर्वाधार विकासमा जोड, विभिन्न विषयगत क्षेत्रको विकास , विकासका सवै क्रियाकलापहरुमा सवैको समान सहभागिता , प्रविधि युक्त नगर र सूचनामुलक क्रियाकलापहरु , रोजगारीको सिर्जना,वन, वातावरण र भू–संरक्षणलाई कायम राख्दै विकासका क्रियाकलापहरु संचालन, सक्षम, र निष्पक्ष प्रशासन संयन्त्र र पारदर्शि प्रशासनिक क्रियाकलाप गरिने बताईन् ।
यस्तै नगरपालिकाले क्षेत्रनीति तथा आधारहरु पनि तय गरेको छ । जस अन्तरगत कृषि तर्फ हरेक वर्ष सरोकारवालाहरुसंगको समन्वयमा कृषि हाट वजारको व्यवस्था गरी कृषि उत्पादनलाई वढावा दिने नीति लिईने छ । सरोकारवालाहरुको साझेदारीमा कृषि तथा औद्योगिक प्रदर्शनी कार्यक्रमको तर्जुमा गर्ने, कृषि तथा पशुक्षेत्रको पाश्र्वचित्र बनाइने,. कृषि तथा पशुपालनमा दिदै आएको अनुदानलाई निरन्तरता दिईने छ यसका लागी ७५ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

शारदा नगरपालिकालाई पर्यटकिय नगरको रुपमा विकास गर्न तथा स्थानिय सामाजिक र धार्मिक पर्यटनको संभावनालाई प्राथमिकतामा राखि सम्भाव्यता अध्ययन गर्न २७ लाख रकम विनियोजन गरिएको छ । नगरवासीहरुमा उद्यमशिलताको विकास तथा साना ठूला उद्योग व्यवसाय स्थापना गरी आर्थिक जीवनस्तर बृद्घ गर्न उद्योग वाणिज्य क्षेत्रमा आवश्यक तयारी गर्न उद्योग तथा वाणिज्य तर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै शिक्षा तर्फ बैज्ञानिक तथा प्राविधिक शिक्षाको विकासमा जोड दिईने बताउदै यसका लागि कृषि र इन्जीनियरिङ कालेज स्थापन गर्न २७ लाख, र शिक्षा क्षेत्रमा कुल १६करोड,५२ लाख ,१२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै स्वास्थ्य तर्फ १ करोड,६ लाख, खानेपानी तथा सरसफाई तर्फ ३० लाख, कला तथा संस्कृति प्रवद्र्धनका लागी १० लाख विनियोजन गरिउको छ । यस्तै ८० बर्ष पुरा भएका जेष्ठ नागरिकलाई बर्षमा १ पटक २ हजारका दरले पर्व खर्च उपलब्ध गराईने उल्लेख छ ।
यसैगरि पूर्वाधार क्षेत्र अन्तरगत सडक निर्माण तर्फ सडकम मर्मत संभार कोषको स्स्थापना गरी नगर क्षेत्र भित्र विग्रीएका सडक,ढल निकास लाई व्यवस्थित गर्न ९० लाख, सिचाई तर्फ, ४० लाख, भवन तथा सहरी विकास तर्फ १० लाख, खाने पानी पुर्वाधार निर्माण गर्न ९२ लाख ५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ१३ लाख ५० हजार, बन तथा बातावरण ब्यवस्थापनमा कुल ८३ लाख ७० हजार विनियोजन गरिएको छ ।

यस्तै वित्तीय जोखिम न्युनीकरण तथा सुशासन तर्फ १७ लाख ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागी १ करोड ७५ लाख रकम विनियोजन गरिएको नगरपालिका उप प्रमुख बस्नेतले बताईन् ।

 

 

 

 

 

प्रकाशित मिति : २०७५ असार १० गते आइतवार
प्रतिक्रिया