मुल सडकमै पार्किङ !

शरद रेग्मी
दाङ असार ८/ यातायात व्यवस्था कार्यालय राप्तिले आफना दैनिकिहरु चुस्त, दुरुस्त बनाउन नसक्दा सर्वसाधारणहरुले सेवा भन्दा सास्ती व्यहोरर्नु परेको छ । साघुरो गल्ली र सेवाग्राहिहरुको तातिले कार्यालय अस्तब्यस्त वनेको छ । आफनो कम लिएर यातायात ब्यवस्था कार्यालय पुग्ने जो कोहिले पनी त्याहाँको भिड र अस्त ब्यस्तता देख्दा दिक्क मान्ने गरेका छन । उनिहरुले कार्यालय प्रमुखले कार्यालयलाई ब्यवस्थीत गराउन नसक्दा त्यहा अस्त ब्यस्तता वढेको आरोप समेत लगाएका छन । त्यसैगरि सेवा ग्राहिहरुले बिचौलियाका कारण पनी कार्यालयको काम प्रभावित हुने गरेको बतएका छन । कार्यालयमा सेव लिन गएका तुलसीपुर ११ का लहरु चौधरिका अनुसार आफुहरुले लाईनमा अडिएका हुन्छौ तर बिचौलियाहरु भित्रै प्रवेश गरेर दादागिरी शैलिमा पहिला काम गराउछन , दिन भर लाईनमा लाग्दा पनी आफनो पालो नआउने तर बिचौलियाहरुले भने एक छिनमै काम बनाउने उनले गुनासो गरे ।

बिचौलियाहरुले कार्यालयका बिभिन्न फाटमा प्रवेश गरेर महत्वपुर्ण कागजपत्रमा समेत आफै लेखा पढि गर्ने गरेको र एक ठाउँको फाईल अर्को ठाउँमा पु¥याउने गरेको चौधरिले बताए । बिचौलियाहरुको आर्थिक प्रलोभनका कारण कार्यालयका कर्मचारिहरुले आफुहरुलाई लाईनमा लगाएर बिचौलियाहरुको काम गर्ने गरेको सेवाग्राहिहरुको भनाई रहेको छ । यता यातायात ब्यवस्था कार्यालय तुलसीपुरका प्रमुख मित्रलाल ढकालले सानो तथा साघुरो घरका भएका कारण खुल्ला रुपमा काम गर्न नसकिएको बताएका छन । साघुरो भएका कारण अलि वढि भिडभाड जस्तो देखिने तथा सेवाग्राहिहरुलाई सास्ती भएको हुन सक्ने स्वीकार गरेका छन । साथै प्रमुख ढकालले यातायात कार्यालयका लागी खुल्ला तथा पार्किङ समेत भएको घर भाडामा लिनका लागी तयारि शु्रु गरिएको बताएका छन ।

साथै प्रमुख ढकालले कार्यालयमा बिचौलियाले समस्या थपेको गुनासो आएको भन्दै उनीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारि गरेको समेत बताएका छन । साथै ढकालले आफु सरुवा भएर आएको केहि दिन मात्रै भएको भन्दै कमि कम्जोरि भए सुधार गरेर जाने समेत बताए । सवैको सहयोगले सेवाग्राहिहरुलाई सेवा दिन आफु तत्पर रहेको समेत बताए ।
यसैविच यातायात कार्यालय अगाडिको सडकमा यत्र तत्र रुपमा पार्किङ गर्दा समस्या निम्तिएको छ । कार्यालयको आफनो पार्किङ नहुदा घोराहि तुलसीपुर मुख्य सडकमै सवारि साध पार्किङ हुदा समस्या थपिएको हो ।

पार्किङका कारण सडक दुर्घटनाको खतार समेत वढको छ भने पैदल यात्रुहरुलाई समेत हिडन समस्या हुने गरेको स्थानिय सिताराम शर्माले बताएका छन । उनका अनुसार तत्काल यसको समाधान निकाल्न उनले सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन । यता कार्यालयका शाखा अधिकृत रविन्द केसीका अनुसार अव देखि सवारिका साधनहरुको प्रर्दुशन नियण्त्रण जाच तुलसीपुर बाटै हुने भएको छ । यस अघि काठमाण्डौमा मात्रै हुने जाचपास अव देखि बिभागले सवै यातयात कार्यालयहरुमा पठाउने तयारि गरेको अधिकृत केसीले जनाएका छन । जिल्लामै जाचपास हुने भए पछि काठमाण्डौ जानुपर्ने समस्या अन्त्य हुने बताईएको छ ।

 

 

 

प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रवार
प्रतिक्रिया