आज सुनको भाउ एक हजार दुई सय रुपैयाँले घट्यो

काठमाण्डौं,२८ मंसिर । आज सुनको भाउ एकैदिन तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया