तुलसीपुर उपमहानगरले नीति तथा कार्यक्रम ल्याउँदै

तुलसीपुर,असार ७ । तुलसीपुर उपमहानगरपालिकाले असार ८ गते नीति तथा कार्यक्रम ल्याउन लागेको छ । नगरप्रमुख घनश्याम पाण्डेले “हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर, खुसी जनता – समृद्ध तुलसीपुर ” भन्ने कुरालाई प्राथमिकतामा राखेर तेस्रो नगर सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । यसपटक नीति तथा कार्यक्रममा सडक, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।
उपमहानगरपालिकाले ल्याउन थालेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको प्रवद्र्धनका लागि शित भण्डार निर्माणदेखि एनिमल एम्बुलेन्स सम्मको कुरालाई प्राथमिकता दिन थालिएको नगरप्रमुख पाण्डेले जानकारी दिए । उनले केन्द्र र प्रदेश सरकारको नीतिलाई मध्यनजर गरेर कार्यक्रमहरुलाई प्राथमिकता दिएको पनि वताए ।

“उद्यमशिलताको विकास विना हाम्रो समृद्धिको यात्रा सम्भव छैन त्यसैले युवालाई उद्यमशिल वनाउने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौ ” नगरप्रमुख पाण्डेले मेयर उद्यमशिलता कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । यसैगरी उपमहानगरपालिकाबाट दिइने सेवालाई चुस्त, दुरुस्त, पारदर्शी र प्रविधिमैत्री वनाउनका लागि इ गभर्नेन्सको नीतिलाई अबलम्वन गर्ने कुरालाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । यसका साथै उपमहानगरपालिकाले । सार्वजनिक सेवालाई प्रभावकारी वनाउनका लागि उपमहानगरपालिकाबाट व्यवसायित साझेदारी गर्ने कुरालाई नीति तथा कार्यक्रममा समावेश गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।
उपमहानगरपालिकाको कार्यालय दिउँसो २ वजे हुने कार्यक्रममा सबैलाई सहभागिताका लागि नगरप्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार
प्रतिक्रिया