रुकुममा आफ्नै दाइले भाईको हत्या गरे, हत्या गर्नुको कारण यस्तो छ

तुलसीपुर,७ असार ।
रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै भाइ ४० वर्षीय जोखबहादुर पुनको हत्या गरेको प्रहरीले जनाएको छ । बाफीकोट गाउपालीका वडा नं ६ मग्मा मामाको घरमा आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् ।

 

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार
प्रतिक्रिया