सल्यानमा ६ महिनामा ८० प्रतिशत महिला हिंसाका घटना

मिना बुढाथोकी ,सल्यान ७ असार ।
सल्यान जिल्लामा हुने मानवअधिकार हननका घटना मध्ये ८० प्रतशित भन्दा बढि घटनाहरु महिला हिंसाका देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बिहिवार वितेको ६ महिनामा भएका मानवअधिकार उल्लंघनका घटनाहरु विहिबार सल्यानको खलंगामा सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो ।

वितेको ६ महिनामा सल्यान जिल्लामा भएका मानवअधिकारका २० वटा घटना मध्ये १६ वटा घटनाहरु महिला हिंसा सँग सम्वन्धित रहेको ईन्सेकको तथ्याकंमा उल्लेख छ । ति मध्ये ७ वटा घटना वलात्कारसँग सम्वन्धित रहेको तथ्यांक इन्सेकले सार्वजनिक गरेको छ । यस्तै ४ वटा वहुविवाह, दुई वटा हत्या, दुई वटा घरेलु हिंसा र एक वटा घरनिकालाका रहेका छन् ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले वितेको ६ महिनाको अवधिमा १ वटा शिक्षाको अधिकार, १ वटा स्वास्थ्यको अधिकार, १ वटा गिरफ्तारी र १ वटा कुटपिटका घटनाबाट मानवअधिकारको हनन भएको तथ्यांक प्रस्तुत गरिन ।
इन्सेक जिल्ला प्रतिनिधि बुढाथोकीले जिल्लामा सन ०१८ जनवरी देखी जुन सम्म ६महिनामा जिल्लामा भएका मनवअधिकार उल्लंघनका घटनाहरु सार्वजनिक गर्दै यस अवधिमा जिल्लामा सबै भन्दा बढी बलात्कारको घटना हरु भएको पाईएको उनले बताईन् ।

स्थानिय तहको न्याय सम्पादनमा सुधार आवश्यक : सरोकारवालाहरु

यस्तै समिक्षा कार्यक्रममा स्थानिय तहबाट प्रदान गरिने न्यायिक सेवामा सुधारको खाँचो रहेकोमा वक्ताहरुले जोड दिए । समिक्षा कार्यत्रक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्न घिमिरेले स्थानिय तहहरुले न्याय सम्पादन गर्दा अझै निखार ल्याउनुपर्ने बताए । घिमिरेले यस जिल्लामा मानवअधिकार हननका घटना न्युनिकरणका लागी सबैको हातेमालो हुनु पर्ने आवश्यकता रहेको औल्याए ।

उनले भने,‘जिल्लामा यदि काँही कतै मानव अधिकार हनन भएको पाउनु हुन्छ भने प्रशासन लाई खबर गर्नुस हामी पिडित लाई न्याय दिलाउने विश्वास दिलाउछौं।’

कार्यक्रमा बोल्दै शारदा नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक शावित्रा बस्नेतले स्थानिय तहबाट न्याय सम्पादनको काम गर्दा सकेसम्म निष्पक्ष ढंगले काम गर्ने बताइन । बस्नेतले आफुले कार्यालय बाट न्याय सम्पादन गर्दा कुनै पनि भेदभाव नगरि निष्पक्ष ढंगले काम गरि रहेको बताईन् ।

उनले भनिन्,‘हामीहरु मानवअधिकारको सम्मान गर्दै न्याय सम्पादन गर्न सदैव सजग छौँ उनले भनिन् ।’ यस्तै जिल्ला अदालत सल्यानका श्रेष्तेदार गणेश कुमार गौतमले समाजमा न्याय सम्पादन सहज ढंगले हुन नसक्दा वास्तविक पिडितले न्याय पाउन नसक्ने सम्भावना हुने र ठुलै दुर्घटना निम्ताउने भन्दै मानवअधिकारकर्मीले यस विषयमा पनि सोच्नु पर्ने बेला आएको उनले बताए ।

सो क्रममा वक्ताहरुले जघन्य अपराधहरुलाई पनि मेलमिलाप मार्फत टुंगाउने र घटना वाहिर आउन नदिने प्रचलन बढेकोले सरोकारवालाहरु यसतर्फ सजग हुनुपर्ने धारण राखेका थिए । उनिहरुले सम्वन्ध राम्रो हुदा वाहिर नआउने र सम्वन्ध विग्रदा पिडित बन्दै घटना सार्वजनिक गर्ने परिपाटीले न्याय सम्पादनमा समस्या देखिएको समेत बताएका थिए ।

शारदा नगरपालिकाकी उप प्रमुख तथा न्यायिक समितिकी संयोजक सावित्रा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले प्रस्तुत गरिएका घटनाहरुको पुर्नपुष्टि गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डियसपि भरत बहादुर विक, जिल्ला कारागार प्रमुख विक्रम केसी, महिला तथा बालबालिका कार्यालय सल्यानका प्रमुख विष्णु आचार्य, नेपाल बार एशोसियशनका केन्द्रीय सदस्य सिपि वली, राष्टीय अनुसन्धान कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेक राज शाही , हरप्लेस सल्यानका संयोजक रामचन्द्र रेग्मी, जिल्लामा कृयाशील मानवअधिकार कर्मी, पत्रकार, बुद्दिजिवि लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको संचालन पत्रकार दिपक शर्माले गरे ।

 

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार
प्रतिक्रिया