तुलसीपुरको बिरेन्द्र चोकबाट नगदसहित ३ तोला सुन हरायो

तुलसीपुर, २३ मंसिर । दाङको तुलसीपुरबाट नगदसहित ३ तोला सुन हराएको छ । तुलसीपुर-१७ बनकट्टा निवासी बालिका वलिका झन्डै २५ हजार नगदसहित ३ तोला भन्दा धेरै सुनका गरगहना हराएका हुन् । तुलसीपुरस्थित आफ्नो दिदिको घरबाट आफ्नो घर जाने क्रममा शनिबार बिहान बिरेन्द्र चोक आसपासबाट पैसा र सुनसहितको रातो पर्स हराएको वलिले बताउनुभयो । छोरिको बिहेको इनगेजमेन्ट सकिएपछि दिदिको घरमा बसेर शनिबार बिहान साढे ८ बजेको समयमा घर जाने क्रममा उक्त पर्स हराएको उहाको भनाइ छ ।

बिरेन्द्र चोकसम्म पर्स साथमै रहेको थाहा पाएपनी त्यसपछी थाहा नभएको उहाँले बताउनुभयो । घोराही रोडबाट बसमा छडिसकेपछी मात्रै सुनसहितको पर्स हराएको थाहा पाएको उहाले बताउनुभयो । सिसिटिभी फुटेजमा पनि बिरेन्द्र चोकसम्म पर्स साथमै रहेको देखिएको छ । उक्त नगद र सुनसहितको पर्स भेटाउनेले नजिकको प्रहरी कार्यालय अथवा 9857820533 मा सम्पर्क गर्न आग्रह गरिएको छ । उक्त सुन भेटाउनेलाइ पुरस्कारको समेत व्यवस्था रहेको छ ।।

सिसिटिभी फुटेजमा देखिएको फोटो

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया