नीति तथा कार्यक्रमबारे सांसद संग छलफल

तुलसीपुर, असार ७ ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी वजेट र नीति तथा कार्यक्रमका वारेमा केन्द्र र प्रदेशका सांसदसँग छलफल गरेको छ । भेटघाटका क्रममा नगरप्रमुख घनश्याम पाण्डेले सांसदहरुलाई ठूला प्रकृतिका योजनाहरु सम्पन्न गर्नका लागि सहयोग गर्न आग्रह समेत गरेका थिए ।

प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीसँग वजेट र योजनाका वारेमा छलफल गर्दै नगरप्रमुख पाण्डेले तुलसीपुर विमानस्थलको धावनमार्ग विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गरिदिन आग्रह गरे । सो अवसरमा सांसद चौधरीले समानुपातिक विकासका लागि आफु निरन्तर लागिरहने वताउँदै तुलसीपुर विमानस्थलका वारेमा संसदमा कुरा उठाउने वताए ।

मिलेर काम गरौ : प्रदेश सभा सदस्य चौधरी


यसैविच प्रदेश सभा सदस्य डिल्ली चौधरीसँग पनि नगरप्रमुख घनश्याम पाण्डेले आफ्नै कार्यकक्षमा भेटघाट गरेका छन् । भेटघाटका क्रममा चौधरीले तुलसीपुरको विकासका लागि मिलेर काम गर्न आग्रह गरे । राजनीतिक आस्थालाई टाढा राखेर विकासमा ऐक्यवद्ध भएर काम गर्न आफु तयार रहेको वताए ।

नगरप्रमुख पाण्डेले सभासद चौधरीसँग नीति तथा कार्यक्रम र वजेटका वारेमा पनि सुझाव मागेका थिए । नीति तथा कार्यक्रम बारे सुझाव दिदै सभासद चौधरीले तुलसीपुर उपमहानगरपालिकाले गरेको कामले आफु प्रभावित भएको वताउँदै वृहत आयाम वोकेका गौरवपूर्ण योजना निर्माणका लागि आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार
प्रतिक्रिया