काठमाण्डौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको हो । चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको छ । कर्णालीका शिखर धवनले ४५, चादविक वाल्टनलले ३० रन बनाउनुभयो । चितवनका कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी एटन र रवि बोपाराले १र१ विकेट लिनुभयो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाउनुभयो । चितवनका रवि बोपाराले ५९ रन बनाउनुभयो ।
कर्णालीका विपिन शर्माले ३, जीशान मक्सूदले २ विकेट लिनुभयो । प्रतियोगितामा कर्णालीको यो पहिलो जीत हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाण्डौ गुर्खाजसँग पराजित भएको थियो । चितवनले भने पहिलो हार बेहोरेको छ । चितवनले पहिलो खेलमा काठमाण्डौ गुर्खाजलाई र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।।