काठमाण्डौं,२१ मंसिर । आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६ सयले घटेर तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार सात सय रुपैयाँ रहेको थियो ।
यस्तै,आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार