तराईका मुक्त कमलरी आन्दोलित

तुलसीपुर,७ असार ।

कमलरी मृत्युको घटनाबारे छानविनको माग गर्दै पश्चिम तराईका मुक्त कमलरी आन्दोलित भएका छन् । उनीहरुले पश्चिम तराईका पाँच जिल्लामा प्रदर्शन गरेका छन् । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले दोषी माथि तत्काल कारबाहीको माग गरेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका ७ का दुर्गा भण्डारीले कमलरी राखेकी बाँसगढी नगरपालिका ४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारु जेठ २९ गते मृत फेला परेकी थिइन् ।

यसैविच, सरकारले देशलाई कम्लरी मुक्त घोषणा छ तर कमलरी राख्ने क्रम अझै रोकिएको छैन । पश्चिम तराईका पाँच जिल्लामा अझै ९७ कमलरीको उद्वार हुन बाँकी रहेको मञ्चले जनाएको छ । मञ्चका अनुसार बर्दियामा ३६, कैलाली २८, दाङ २१, कञ्चनपुर ७ र बाँकेमा ५ कमलरी रहेका छन् ।

त्यसमध्ये ६१ जना सरकारले मुक्तीको घोषणा गरेपछि कमलरी बसेका छन् । हालसम्म ११ जना मालिकको यौन शोषणमा परी कुमारी आमा बनेका छन् । यौनशोषण भएको भनी परेका २८ उजुरीमध्ये हालसम्म ५ जना दोषीलाई मात्रै कारबाही भएको छ ।

 

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार
प्रतिक्रिया