काठमाडौ, १७ मंसिर । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनु भएको छ । निर्वाचन आयोगका अनुसार उहाँले १ हजार ५ सय ८४ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसका देवेन्द्र पाठकले एक हजार ३ सय ४ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।
नेकपा (एमाले) का लक्ष्मी रत्न तुलाधरले १ हजार १ सय १८ मत प्राप्त गर्नुभएको छ । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यस अघि यस क्षेत्रमा काँग्रेस विजयी भएको थियो । काङ्ग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।।
प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार