तुलसीपुर, ६ असार । शिद्धचमेरे गुफा संरक्षण समितिका अध्यक्ष भुव बहादुर पुनले पदबाट राजीनामा दिएका छन् । तुलसीपुर ४ मुल्कोटमा रहेको गुफा ऐतिहासीक पर्यटन स्थल भएपनि आफु नेतृत्वको समितिले कुसलताका साथ काम गर्न नसकेको उल्लेख गदै अध्यक्ष पदबाट आफुले राजीनामा दिनु परेको पुनले बताएका छन् ।
साथै उनले समितिका पदाधिकारीहरुले कार्यसम्पादनमा असहयोग गरेको आरोप लगाउदै समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।उनले गत आईतवार पदबाट राजीनामा दिए पनि सोमवार वडा कार्यालयलाई जानकारी पत्र दिएको उनले बताएका छन् । आफुले अध्यक्ष पदबाट राजीनामा दिईसकेपछि पुर्ण समिति भंग भएको पनि उनले बताएका छन् । समितिको विधान अनुसार तिन वर्षे कार्यकाल भएपनि भुव बहादुर पुनको नेतृत्वमा दुई वर्ष अघि कार्यसमिति चयन गरीएको थियो ।
यता वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण रानाले राजीनामाको विषयमा अध्ययन गरी समिति पुर्नगठन गरिने बताएका छन् । राजीनामा दिएर मात्र समस्या समाधान नहुने भन्दै यसमा छलफल गरी सवैलाई मिलाएर समिति गठन गर्ने बताएका छन् ।।