काठमाण्डौ, १४ मंसिर । एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भएको हो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाउनुभयो । श्रीलङ्काका प्रभीन मनीषाले ३ विकेट लिनुभयो । यसअघि यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाउनुभयो ।
श्रीलङ्काका शारुजन शानमुगनाथनले ६२ रन बनाउनुभयो । नेपालका सन्तोष यादवले ४ विकेट लिनुभयो । यूएईमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ुएु मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ुबीु मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।।
प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार