जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु

काठमाण्डौ, १४ मंसिर १४, । रामेछापमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ६ को सिमलडाँडा भिरमा जीप सडकबाट तल खेसेको हो । दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै जीपका चालक हिराबहादुर कार्कीको पनि ज्यान गएको छ । ज्यान गुमाउने तीन जनाको परिचय थाहा हुन सकेको छैन । १४ सिट क्षमता भएको जीपमा आठ जना सवार रहेका थिए । जीपमा सवार अन्य तीन जना घाइते भएका प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो । काठमाण्डौबाट रामेछापतर्फ गुडिरहेको जीप दुर्घटनामा परेको हो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया