तुलसीपुरमा एक करोड बढिको लगानीमा मोबाइल पसल खुल्यो

तुलसीपुर, १३ मंसिर ।  दाङको तुलसीपुरमा एक करोड बढिको लगानीमा मोबाइल सञ्चालनमा आएको छ । तुलसीपुरका युवा व्यवसायी खडक पुनले १ करोड बढिको लगानीमा राप्ती इलेक्ट्रोनिक एण्ड मोबाइल सेन्टर संचालनमा ल्याउनुभएको हो । तुलसीपुर स्थित विपि चोकमा रहेको मोबाइल सेन्टरको उद्घाटन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले पछिल्लो समय युवाले व्यवसायी गर्ने ट्रेन आएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले अहिले पनि रोजगारीको अभावका कारण कयौं युवाहरु विदेश पलायन भइरहेको अवस्थामा युवाहरु व्यवसायमा आउनु खुसीको कुरा भएको बताउनुभयो ।

राप्ती इलेक्ट्रोनिक तथा मोबाईल सेन्टरमा ब्रान्डेड स्वदेशी तथा विदेशी जुनसुकै कम्पनीका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामानहरू पाइने र मर्मतको सुविधासमेत रहेको सञ्चालक पुनले बताउनुभयो । व्यापार व्यवसाय छोडेर विदेश पलायन भइरहेका बेला नेपालमै प्रशस्त सम्भावना देखेर व्यवसायमा लगानी गरेको उहाँले बताउनुभयो । ठुलो रकम खर्च गरेर विदेश जानुभन्दा स्वदेशमा अरुलाई पनि रोजगारी दिने गरी व्यवसाय संचालन गरेको उहाँले बताउनुभयो । व्यवसायमा ७ जनालाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरिएको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया