तुलसीपुर १३ मंसिर । दाङको तुलसीपुरमा ज्ञानज्योति अन्तरकलेज फुटबल प्रतियोगिता २०८१ आजदेखि शुरु भएको छ । ज्ञानज्योति फाउण्डेसनद्वारा सञ्चालित ज्ञानज्योति अन्तरकलेज फुटबल प्रतियोगिताको आज उद्घाटन गरिएको हो । आजदेखि अरनिको मैदान तुलसीपुरमा शुरु भएको प्रतियोगिता ४ दिन अर्थात आागामी मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । ज्ञानज्योति कलेज तुलसीपुरका एकेडेमिक कोर्डिनेटर शरद गौतमको अध्यक्षता तथा पूर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उद्योग वाणिज्य सङ्घका सचिव नवीन राईको विशिष्ट आथित्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले कलेज स्तरमा हुने यस्ता प्रतियोगिताले दक्ष खेलाडीहरु उत्पादनमा टेवा पु¥याउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुग्न उनीहरुलाई मद्दत मिल्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै ज्ञानज्योति फाउन्डेसनका एकेडेमिक कोर्डिनेटर गौतमले विद्यार्थीहरुको पठन–पाठन मात्र नभई चौतर्फि विकासका लागि कलेजले वार्षिक रुपमा खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो । विद्यार्थीहरुलाई पढार्इ संगसंगै शारिरिक तथा मानशिक रुपमा सबल र सक्षम बनाउन अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराइएको उहाँले बताउनुभयो । ज्ञानज्योति फाउण्डेसनअन्र्तगत ं१३ वटा समूह प्रतियोगितामा सहभागी रहेका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमश नगद २० हजार, १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन ज्ञानज्योति कलेजका शिक्षक सन्तोष केसीले गर्नुभएको थियो ।।