शान्ती सरु,तुलसीपुर ६ असार ।
तुलसीपुर उप महानगरपालीका १८ दुधरासमा पानीका मुहान सुक्न थालेपछि खानेपानीको हाहाकार हुन थालेको छ । प्रत्येक घरमा धारा जडान भए पनि केहि दिन अघिदेखी धारामा पानी आउन छोडेको जनाइएको छ । कहिलेकाहि आए पनि खान नमिल्ने फोहोर पानी आउने गरेको स्थानीय रिमा चौधरीले जानकारी दिएकि छिन । धारामा पानी आउन छाडेपछि नुहाउन, लुगा धुन,गाईवस्तुलाई खुवाउन समेत निकै सास्ती भएको अर्का स्थानीय टेक बहादुर चौधरीले बताएका छन ।
रिमा र टेक बहादुर जस्ता त्यहाका संयौ सर्वसाधरण खानेपानीको समस्यामा परेका छन । घरमा जोडिएका धारा र गाउँका कुवा समेत सुकेको हुदा उनिहरु समस्यामा परेका हुन । हिले एक दुई घरको कुवा बाट त्यहाका सयौं सर्वसाधरणले पानी पिउने गरेका छन ।
पिउने पानीको समस्याले गर्दा पशु चौपायलाई समेत पानी खुवाउन समस्या भएको स्थानीय ईश्वरी डागीले बताएक िछिन । यस्तै वडा नं १८ कै बर्लेनी टोलका स्थानीयहरुलाई झनै समस्या रहेको छ । उतm टोलमा कुवा समेत नभएकोले धरै सास्ती खेप्नुपरेको उनिहरुले बताएका छन । उनीहरुले अष्टिचफर्म भित्र रहेको बोरिङ्गबाट पानी लीएर पिउन बाध्य रहेका छन् ।