लेबनान र इजरायलबीच युद्धविराम सम्झौता

काठमाडौँ, १२ मंसिर ।  लेबनान र इजरायलबीच युद्धविराम हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो । यो सम्झौता आजदेखि लागू हुने बीबीसीले जनाएको छ । युद्धविरामका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । बाइडेनले ६० दिनको युद्धविराम सम्झौता प्रभावकारी हुने भन्दै युद्धको स्थायी अन्त्यको दाबी गर्नु भएको छ ।

लेबनान र इजरायलका नेताहरूले हिंसा अन्त्य गर्ने निर्णयको प्रशंसा गर्दै बाइडेनले दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्किन सक्ने बताउनुभएको खबरमा उल्लेख छ । उहाँले कुनै पनिस्थितिमा त्यहाँ अमेरिकी सेना संलग्न नहुने कुरामा विश्वस्त हुन आग्रह गर्नुभएको छ । राष्ट्रपति बाइडेनले अब गाजामा पनि युद्ध अन्त्यका लागि निरन्तर काम गरिरहने बताउनुभएको छ । यसका लागि बाइडेन प्रशासनले दबाब दिइरहने छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया