दुर्गा प्रसाईँ अस्पताल भर्ना

काठमाडौँ, १० मंसिर ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उहाँलाई भर्ना गरिएको साइबर ब्यूरोले जनाएको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिनुभएको थियो । प्रसाईँ क्यान्सरका बिरामी रहेको बताइएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया