काठमाण्डौ, ९ मंसिर । काठमाडौँ महानगरले गत शुक्रबार दरबारमार्गमा सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र एमालेले बुझ्न अस्वीकार गरेको छ । महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबारेको पत्र बुझाउन महानगर प्रहरी बलको टोली आज दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो ।
महानगर प्रहरी बलका इन्सपेक्टर किशोर भट्टराईकाअनुसार उक्त कार्यक्रम एमालेको केन्द्रीय कार्यालयले नगरेको भन्दै पत्र बुझ्न नमिल्ने जवाफ एमाले कार्यालयले दिएको छ । सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौँ उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गस्थित सडकमा जागरण सभा आयोजना गरेको थियो ।।
प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार