तुलसीपुर ९ मंसिर । दाङ देउखुरी इट्टा उद्योग व्यवसायी संघका सल्लाहकार मोहन घर्ती र साधारण सदस्य गणेस घर्तीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नहरने गरि राजीनामा दिनुभएको छ । पछिल्लो समय व्यवसायिहरुको आपसी खिचातानी र मूल्यमा एकरुपता नहुँदा इट्टा उद्योगहरु धारासायी हुने अवस्थामा पुग्दा समेत संघले समस्या समाधानका लागि कुनै ठोस पहल नगरेको भन्दै राजीनामा दिएको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
‘इट्टा उद्योगहरुको संरक्षण प्रवर्द्धन, व्यवसायीक एकता र मूल्य एक रुपताका सवालमा व्यवसायीहरुका बिचमा सामुहिक छलफल पनि भयो । व्यवसायीहरुको छाता संगठन इट्टा उद्योग संघ, व्यवसायीहरु प्रति गम्भिर नहुँदा पटक पटक भएको छलफल निश्कर्षमा बिहीन बन्न पुग्यो । अतः यस्तो गैर जिम्मेवार संस्थामा बसीरहनु नैतिकताको आधारमा उचित नभएकाले राजीनामा दियौ ।’ विज्ञप्तीमा उल्लेख छ ।
जय श्री हनुमान म्यानीफ्याक्चरीङ प्रालिका संचालक समेत रहनु भएका मोहन लाल घर्ती र जय श्री हनुमान फिक्स चिम्नि इट्टा उद्योगका संचालक गणेस घर्ती मगरले व्यवसायीक हितका लागि काम गर्न नसक्ने संस्थाले गर्ने कार्यक्रममा सहागी नहुने र मासीक रुपमा दिदै आइरहेको लेवी समेत नतिर्ने बताउनु भएको छ ।