सल्यानमा छोरी बलात्कार गर्ने बावु पक्राउ

तुलसीपुर,५ असार ।
छोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटी गाउँपालिका –५, निवासी ३३ वर्षीय एक जना पुरुषले ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले असार ३ गते पक्राउ गरेको जानकारी दिएको छ ।

२०७५ जेठ २० गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै बालिकाको मामाले असार ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दायर गरेका थिए । पीडित बालिकाको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरिएको छ ।
आरोपितलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार ५ गते मङ्गलवार
प्रतिक्रिया