आन्तरिक राजश्व कार्यालय तुलीपुरका प्रमुख श्रीधर टण्डनलसंग तुलसीपुरकर्मीले गरेको अन्तरवार्ताको सारसंक्षेप ।
– यहालाई स्वागत छ
धन्यवाद ।
–तपाई तुलसीपुरमा आए पछि आन्तरिक राजश्व कार्यालयको कामकाजलाई कसरी अघि बढाउनु भएको छ ?
काम स्मुथली अघि बढी रहेको छ । राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाउने कार्यक्रम भएकाले केहि दिन हामी त्यसमा व्यस्त भयौ र त्यो संगै कार्यालयको कामकाज पनि नियमित रुपमा भइरहेको छ ।
– प्रत्येक वर्ष कर सप्ताह मनाउनुको उद्देश्य के हो ?
यसको सुरुवाती चरणलाई हेर्दा नेपालमा आधुनिक र वैज्ञानिक कर प्रणालीको रुपमा मूल्य अभिवृद्धि कर प्रणाली लागु भएको २०५४ साल मंसिर १ गतेलाई सम्झना गरेर हामी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम मनाउने गरेका छौ । अहिले हामीले १३ औ कर दिवस तथा कर सप्ताह कार्यक्रम मनायौं । यसको महत्वका विषयमा भन्नुपर्दा कर प्रणालीका सरकोकारवाला निकायहरु जस्तै करदाता, व्यवसायी, संचार माध्यम, नियमनकारी निकायहरुका बीचमा कर प्रणालीका विषयमा जानकारी दिने, शिक्षा सचेतना बढाउने राज्यको राजश्वमा उत्कृष्ट योगदान गर्ने कर दातालाई सम्मान गर्ने लगायतका कार्यक्रम गरेर यसको प्रचार प्रसारलाई व्यापक बनाउने र हरेक नागरिकलाई कर प्रति जिम्मेवारी बोध बनाउनु हो ।
– जिल्लाका विभिन्न क्षेत्रमा पुगेर कार्यक्रम गर्दा करदाताको सहभागिता कस्ता पाउनुभयो ?
कार्यक्रम उत्साहप्रद नै थियो । खास गरेर दाङका ठूला बजार तुलसीपुर, घोराही र लमहीमा व्यवसायीहरुको उत्साहजनक सभागिता रहेको थियो । कार्यक्रममा कर प्रणाली, कर दाता शिक्षा लगायतका विषयमा अन्तरकृया कार्यक्रम भयो । नागरिकलाई करको विविध विषयमा जानकारी दिने उद्देश्यले ठूला सहरका अलाबा हामीले साना सहर दाङको भालुबाङ र हापुरेमा बजारमा पनि पुगेर अन्तरकृया काम ग¥यौ त्यहाँ पनि करदाताहरुको सहभागिता उल्लेखिय पायौं । दोहोरो रुपमा करदाता, शिक्षा सचेतना र कार्यालयको विविध सेवाका विषयमा छलफल भयो । सहभागीले खुलेर आफ्ना धारणा राख्नुभयो ।
–कार्यक्रममा करदाताको अवस्था कस्तो पाउनुभयो ?
कर प्रणालीका विषयमा व्यवसायीले बुझनु पर्ने र बुझाउने पर्ने विषयमा ठूलो ग्याप भएको पाए । कसैले होटल गर्नुहोला, कसैले फेन्सी गर्नुहोला कसैले किराना गर्नुहोला । उहाँको ध्यान व्यवसायमा मात्रै केन्द्रित छ । करले समात्यो भने गाह्रो हुन्छ भनेर करप्रति उहाँहरुको डरको भावना छ । तर आफ्नो व्यवसायको आर्थिक कारोबारलाई कसरी व्यवस्थित गर्ने । करको कानुनी परिपालना कसरी गर्ने भन्ने कुराको ज्ञानको कमी भएकाले कर कार्यालय वा सरोकारवाला निकायले कर शिक्षा सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता देखिन्छ ।
–आन्तरिक राजश्व कार्यालयमा कर छलिका विषयमा कत्तीको उजुरी आउँछन ?
हुन त म तुलसीपुरमा आएको छोटो अवधि भएको छ । यो अवधीलाई हेर्दा करसंग सम्बन्धित त्यति धेरै नागरिकका उजुरी आएको देखिदैन । राजश्व विभाग, सूचना प्रविधिमा एकदम एड्भान्स भएकाले अन्तराष्ट्रिय स्तरमा पनि नेपालका कार्यालय मध्य प्रसंशा भएको निकाय हो । इनकम टयाक्स सिस्टममा सबै व्यवसायीले आयव्यय विवरण दाखिला गर्ने भएकाले गत वर्षको विवरण, यस वर्षको विवरण मिसम्याचका कुराहरुको हामीले सुश्म रुपमा मनिटरीङ गर्ने गरिरहेका हुन्छौ । कहिले काँही संचार माध्यममा आएका कुरालाई पनि आधार मानेर हामीरुले अनुगमण गर्ने गरेका छौ ।
–व्यवसायीहरु करको दायरमा कत्तिको आउने गरेका छन् ?
त्यति धेरै सन्तोष गर्ने ठाउँ त देखिएको छैन । हुन त यो देशभरिको समस्या हो । पछिल्लो समय सन्तानलाई विदेश पठाउने टे«न चलेको छ । त्यसका लागि व्यवसायी दर्ता गरेर एकपटक आय विवरण पेश गर्ने पछि फर्केर नहेर्न प्रचलन छ । कार्यालयको तथ्याङ्क अनुसार ४० प्रतिशले कर विवरण नबुझाउने नन फाइलहरु छन् । त्यो कारणले गर्दा स्वतस्फर्तुमा कर सहभागिता कम भएको छ । यसको प्रवद्र्धनका लागि कर दाता शिक्षा सचेतना कार्यक्रमहरु पनि गरिरहेका छौ । उद्योग वाणिज्य संघहरुलाई पनि कर विवरण नबुझाउनेको विवरण उपलब्ध गराउन भनेका छौ । लोकल लेवलमा पनि नन फाइलहरुको विवरण वडामा पठाएर करदातासम्म पु¥याउनका लागि समन्वय गरेका छौ । कार्यालयबाट पनि त्यस्ता फर्महरुको अनुगमण गरेर विवरण बुझाउन प्रोत्साहित गर्ने तयारी गरेका छौ ।
–वर्षौ देखि कर विवरण बुझाउन छुटेका करदातालाई विवरण बुझाएमा केही सुविधा छ की ?
करको दायरा वृद्धि गर्नका लागि आर्थिक ऐन २०८१ अनुसार कर विवरण नबुझाउने, करको दायरामा नआएकालाई करको दायरमा ल्याउनका लागि विभिन्न स्किमको व्यवस्था वा सुविधा दिएको अवस्था छ । कुनै व्यवसायीले घरेलुमा, पालिकामा दर्ता गरेर व्यवासय सुरु गर्नु गरेको वर्षौ वितिसकेको छ । तर कर कार्यालयमा गएर पान नम्बर लिनु भएको छैन भने उहाँले आर्थिक वर्ष २०७८/२०७० र २०७९/२०८० दुई वर्षको कर तिरेमा पछिल्लो हिसाव किताव नखोज्ने । व्याज नलाग्ने जरिवाना नहुने सुविधा छ ।
तर कसैले पान नम्बर लिएर व्यवसाय गरिरहनु भएको छ । तर विविध कारणले कर तिर्नु भएको छैन भने उहाँहरुले फागुन मसान्तसमम कर कार्यालयमा आएर विवरण तिर्नुहुन्छ र लाग्ने कर तिर्नुहुन्छ भने व्याजमा ७५ प्रशित छुट र अन्य शुल्क नलाग्ने हुन्छ ।
ढिलो कर बझुाउने अथवा कर बुझाउनेलाई आय कर ऐनले विभिन्न व्याज शुल्को व्यवस्था गरेको छ । जस्तो विवरण नबुझाएकोमा प्रति विवरण १२ सय रुपैयाँ छ । महिनाको उहाँको एक सय रुपैयाँ शुल्क लागि रहेको हुन्छ । त्यस्तै वार्षिक १५ प्रतिशतका दरले व्याज लागि रहेको हुन्छ । त्यो कारणले शुल्कमा पुरै छुट र व्याजमा ७५ प्रतिश छुट दिएको अवस्था छ । यसले गर्दा सुविधा स्किम आएको बेलामा त्यसको उपयोग गर्नुभयो भने करदाताहरु लाभान्वित हुने अवस्था छ । यदि कसैले मैले पसल बन्द गरे । मैले त कारोबार गरेको छैन भनेर छुट पाइदैन । त्यसका लागि व्यवसाय जहाँ दर्ता गरेको छ, त्यहाँबाट बन्द गरेर कर कार्यालयमा पुगेर पनि वन्द गर्नुपर्छ । नत्र निरन्तर रुपमा करको दायित्व बढी रहेको हुन्छ । त्यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले पनि २०८० को असार मसान्तसम्मको विवरण र कर बुझाएमा व्याजमा ५० प्रतिशत छुट र थप दस्तुर शुल्क नलाग्ने व्यवस्था छ । थप सुविधाको विषयमा बुझनुपरेमा कार्यालयमा गएर पनि जानकारी लिन सकिन्छ ।
कर कार्यालयले व्यवसायीलाई छापामार शैलीमा पसलमा छापा मारेर आतंकित बनाउने गरेको गुनासो छ नि ?
व्यवसायीक करदाताले आफ्नो व्यवसायीक कारोबार आफै राख्नु हुन्छ । वर्षभरीमा मैले कति खरिद गरे कति बिक्री गरे र के कति नाफा गरे र राज्यलाई कति कर तिरे भन्ने कुराको हिसाव गरेर उहाँले सिस्टममा राख्नुहुन्छ । त्यो कुराहरुमा चित्त बुझेन भने कार्यालयले अनुगमाण गर्ने छापा मार्ने, कागजपत्र नियन्त्रणमा लिने लगायतका कामहरु कानुन बमोजिम नै हुनेगर्छन् । व्यवसायीले कारोबार स्पष्ट राखिदिनुप¥यो ।
कुनै चलखेल गरेको हुनुभएन । त्यस्तो भएमा कर कार्यालयले छापा हान्दैमा डराउनु पर्ने हुँदैन । यदि उहाँहरुले हिसाव किताव गडबड गर्नुभएको छ । बिलहरु काट्नु भएको छैन । स्टक बुकमा भएको भन्दा स्टकको सामान फरक छ भने पछि नियमअनुसार कारबाही हुन्छ । यदि कर कार्यालयले गरेको काममा चित्त बुझेन भने प्रशासकीय पुनरावलोकनका लागि राजश्व विभाग, राजश्य न्यायधीकरणमा जान सकिन्छ । त्यसैले हामीले आतंक सृजना गर्नुभन्दा पनि कर कानुनको परिपालना गराउन तर्फ हाम्रो जोड हुन्छ ।
अन्तमा यहाँको भन्नु केहि छकी ?
भन्नु पर्ने खास त केहि छैन । खास गरेर कर भनेको राज्य संचालन शासन संचालनको मेरुदण्डको रुपमा रहेको हुन्छ । राज्यले संकलन गरेको करबाटै शान्ति सुरक्षा, विकास निर्माण र नागरिकका आधारभूत आवश्यकताका परिपूर्तिका कामहरु कामहरु गर्नुपर्ने हुन्छ । कर प्रशासनसंग डराउनु पर्ने अवस्था छैन । हामी करदाता मैत्री भएर राम्रो कामको संरक्षण गर्ने हिसावले काम गर्छौ । तपाईहरुले पनि आफ्नो हिसाव किताव र विवरणहरु यथार्थ राखिदिनुहोला भन्न चाहन्छु ।