वालेन एमालेका विरुद्ध परिचालित छन : महासचिव पोखरेल

दाङ, ८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाण्डौं महानगरका मेयर वालेन्द्र शाह (वालेन) एमालेका विरुद्ध परिचालित भएको बताउनुभएको छ । जागरणसभा पछि आयोजकका स्वम सेवकले सरसफाइ गरिहरेका बेला जरिवाना नामको पर्चा सार्वजनिक गर्नुले वालेन नितान्त एमालेका विरुद्धख परिचालित छन् भन्ने कुरा पुष्टि भएको महासचिव पोखरेलले बताउनुभयो ।  जागरण सभा, वालेन जस्तै स्टण्टवाजी  गरेर चर्चा बटुल्नेका लागि  पनि भएको बताउनुभयो ।

पोखरेलले सामाजिक संजाल फेसवुकमा लेख्नु भएको छ, ‘‘काठमाण्डौं महानगरका मेयर वालेन नेकपा (एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो । तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो । नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई । जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।’’

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया