हापुरेमा करदाता शिक्षा कार्यक्रम  

दाङ, ५ मंसिर । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले हापुरे क्षेत्रका  व्यवसायीलाई करका विषयमा जानकारी गराएको छ ।  कर सप्ताह दिवसको अवसर पारेर बबई र शान्तिनगर गाउँपालिका क्षेत्रका व्यवसायीलाई करदाता शिक्षाको विषयमा जानकारी दिइएको हाे ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कार्यालय प्रमुख श्रीधर टण्डनले प्रत्येक करदातालाई करका विषयमा स्पष्ट पार्न तथा कर बुझाउनका लागि जिम्मेवार बनाउनलाई हरेक वर्ष यस्ता करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी दिनुभयो । करदाता शिक्षाले कम्तीमा राज्यलाई कर बुझाएर सबल राष्ट्र निर्माणमा सहयोग पुग्ने कर प्रमुख टण्डनले जानकारी दिनुभयो ।

 कार्यक्रममा हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम खत्रीले यस्ता करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रमले व्यवसायी र करदातालाई ठूलो सहयोग पुग्ने बताउनुभयो । करका विषयमा सबै नागरिकलाई सही सूचना नहुने भन्दै राजश्व कार्यालयले सञ्चालन गर्ने यस्ता कार्यक्रमले करका विषयमा स्पष्ट हुन पाउने अध्यक्ष खत्रीले बताउनुभयो ।

 कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, कर अधिकृत हिरानन्द देवकोटाले सहभागी ब्यबसायी र सहभागीलाई करका विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा हापुरे उद्योग वाणिज्य संघ, शान्तिनगर उद्योग वाणिज्य संघ र स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

oplus_0

 

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया