परिकल्पना सहितको नगर स्तरिय उर्जा योजना

तुलसीपुर २ मंसिर । परिकल्पना सहितको नगर स्तरिय उर्जा योजनाका बारेमा तुलसीपुरमा बृहत छलफल गएिको छ । तुलसीपुर उपमहानगरपालिकाले पञ्च वर्षिय उर्जा योजनाको निर्माणका लागी परिकल्पना सहितको उर्जा योजनाका बारेमा छलफल गरेको हो ।

उर्जा योजना विज्ञ दिपक शर्मा र भोलानाथ पोख्रेलले समग्र तुलसीपुर उपमहानगरपालिकामा विद्युतीकरणको अवस्था, नवीकरणीय तथा स्वच्छ उर्जाको सम्भावना लगाएतको बारेमा जानकारी दिनुभएको थियो ।

उर्जा आधारभुत सर्वेक्षणको तथ्याङक अनुसार, तुलसीपुर उपमहानगरपालिकामा सबै भन्दा बढी ९० प्रतिशत नागरिकले घरायसी प्रयोजनका लागी विद्युतको खपत गरिरहेको देखिएको छ । यस्तै अझै पनि पालिका भित्र ४० प्रतिशत नागरिकहरुले परम्परागत चुल्हो प्रयोग गर्ने गरेका छन् । यस्तै तुलसीपुर उपमहागरपालिकाका कुनै पनि घरहरुमा गुणस्तरिय विद्युत वाइरिङ नभएको पाईएको पाईएको छ । कुनै पनि दिर्घकालिन योजना विना नै विद्युतिकरणको कामहरु गर्दा भविष्यमा ठूलो नोक्सानी ब्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यस तर्फ स्थानीय सरकार तथा नागरिकहरुले ध्यान दिन आवश्यक रहेको पनि उर्जा विज्ञहरुले सुझाव दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममो वन्यजन्तु संरक्षण संघ नेपालका कार्यक्रम संयोजक राजेश्वर रिजालले कार्यक्रम माथि प्रकाश पानुभएको थियो । कार्यक्रममा उर्जा योजना विज्ञ, वडाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा रहेको थियो भने कार्यक्रमको सहजिकरण वन्यजन्तु संरक्षण संघ नेपालका जिल्ला संयोजक खेमलाल महतराले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया