ओलीको ४ र देवकोटाको कार्यकाल ६ बर्ष कायम

तुलसीपुर,४ असार ।

राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो । प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् । चर्चित गायीका तथा रेडियो नेपालको सरकारी जागिर छाडेर तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रदेश ५ बाटै राष्ट्रियसभामा निर्वाचित अनिता देवकोटा भने भाग्यमानीमा दरिएकी छन् । कांग्रेसबाट विजयी देवकोटाको कार्यकाल ६ वर्ष कायम भएको छ । ओली र देवकोटा दाङ निवासि हुन् । कांग्रेसकी धनकुमारी खतिवडाको २ वर्ष, प्रदेश ४ कि बिन्दादेवी आलेको ६ वर्ष, दीपा गुरुङको २ र शान्ति अधिकारी जिसीको ४ वर्ष टुंगो लागेको छ ।

प्रकाशित मिति : २०७५ असार ४ गते सोमवार
प्रतिक्रिया