तुलसीपुर पातुखोलाको सीमा निर्धारण

तुलसीपुर, ४ असार ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३,५,६,७,८ र ९ मा पर्ने पातुखोलाको सिमा निर्धारण गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमा वसेको सम्पूर्ण वडाका नागरिक र जनप्रतिनिधिका विचमा भएको छलफलबाट यस्तो सिमांकन गरिएको छ । साविक तुलसीपुर नगरपालिका तथा राजनीतिक दलले गरेको सिमांकनलाई कायम गरि सिमा निर्धारण गर्नुका साथै वाँकी नयाँ स्थानमा पनि सिमा निर्धारण गरिने भएको हो ।

सिमा निर्धारणका लागि वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाहको संयोजकत्वमा ७ सदस्यित समिति समेत गठन गरिएको छ । समितिको उपसंयोजकमा घनश्याम ढकाल र सदस्यहरुमा विरवहादुर डाँगी, वेदवहादुर केसी, भरत पुरी, अजय वुढाथोकी र सदस्य सचिवमा पवन योगी रहेका छन् । सिमा विवादका कारणले गर्दा रोकिएको तटवन्धको काम पनि वाँकी ठाउँमा तत्काल सिमा निर्धारण गरेपछि सुरु हुने भएको छ ।

प्रकाशित मिति : २०७५ असार ४ गते सोमवार
प्रतिक्रिया