सिक्सेस क्रिकेटमा नेपालले अस्ट्रेलियालाई हरायो

काठमाण्डौ, १७ कात्तिक ।  २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भएको हो । अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाउनुभयो । नेपालका प्रतिश जिसीले तीन विकेट लिनुभयो । यस्तै लोकश बम र विबेक यादवले एक–एक विकेट लिनुभयो ।

त्यसअघि मिसन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा दुई विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दिप जोराले अविजित ५१ रन बनाएर रिटायर्ड हुनुभयो । यस्तै लोकेश बमले ३३ रन बनाउनुभयो । यो जीतसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया