तुलसीपुर,३ असार ।
विप्लव नेतृत्वको अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थि यूनियन (क्रान्तिकारी) ले आज देशब्यापी शैक्षिक आमहड्ताल आह्वान गरेको छ । केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईद्धारा जारी विज्ञप्तीमा यस्तो आह्वान गरिएको हो ।
शिक्षा क्षेत्रमा भइरहेको शुल्क बृद्धि,माफियाकरण, दलालीकरण तथा भ्रष्टिकरणका विरुद्ध उत्रीदा केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तारी गरेको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । यसैविच, एक दिने शैक्षिक आमहड्ताल सफल पारीदिन दाङ जिल्ला कमिटिले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०७५ असार ३ गते आइतवार