तुलसीपुर,२ असार ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले काग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न कांग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मुलुक अफ्यारो अवस्थामा गएको भन्दै यसलाई जोगाउनका लागि काँग्रेस एक हुनुपर्ने बताउनुभयो । सम्पर्क समितिका अध्यक्ष ओमशर्मा चापागाईं, नवराज गुरुङ, राजेन्द्रप्रसाद तिवारीलगायतले गुट उपगुटको अन्त्य गरी पर्वतमा कांग्रेसको संगठन निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रकाशित मिति : २०७५ असार २ गते शनिवार