यो असफल भएको सरकारलाई ढाल्ने पक्षमा छैनौँ : प्रचण्ड

काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले सरकार ढाल्नतर्फ लाग्दा फेरि नागरिकमा हैरानी हुने उल्लेख गर्नुभयो ।

प्रचण्डले आफूले सरकारलाई पटक–पटक राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील हुन र सकारात्मक काम गरेर जान आग्रह गरे पनि भ्रष्टाचारीलाई जोगाउनेबाहेक अरु काम गर्न नसकेको बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया