युवाको नेतृत्वबाट समाज रुपान्तरण: सांसद वली

दिप्तीशिखा चौधरी ,तुलसीपुर २ असार ।
दङ्गीशरण गाउँपालीकामा वडा क्लवका पदाधिकारीहरुका लागी अभिखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला युवा समीती कार्यालय दाङको आयोजना एंव राष्ट्रिय युवा परीषद नेपालको आर्थीक सहयोगमा कार्यक्रम भएको हो । नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो अवसरमा गाउँपालीकाका अध्यक्ष भागीराम चौधरीले युवा संसदको अबधारणा,स्थानीय वडा क्लवको गठन , काम कर्तब्य र अधिकार, युवा क्लवको काम कर्तब्य र अधिकार , युवा संसद गठनको उद्धेश्य र निर्माण प्रक्रिया लगाएतका बारेमा प्रशिक्षण दिएका थिए ।

सो अबसरमा प्रदेस सभा सदस्य उत्तर कुमार वलीले सहि युवाको नेतृत्व बाट सहि समाजको रुपान्तरण गर्नुपर्ने बताएका थिए । अब स्थानीय तहमा उद्यमशिलता सम्बन्धि कार्यक्रम ल्याउनुपर्ने र युवालाई दक्ष बनाउन गुणस्तर शिक्षा र स्वास्थ्यको आबश्यक्ता रहेको उनले बताउनु भयो ।

उहाले युवाहरु अझै पनि सडकमा टाएर बालेर उत्रीनका लागी मात्र परीचालन भएको प्रती चिन्ता ब्यक्त गरेका थिए । जिल्ला युवा समीती कार्यालय दाङका अध्यक्ष शुरेस रावतको अध्यक्षता एंव प्रदेश सभा सदस्य उत्तर कुमार वलीको प्रमुख आतीथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिभीन्न वडाका गरी २६ जना यूवाहरुको सहभागीता रहेको थियो । एमएन शाहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण गोबिन्द केसीले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७५ असार २ गते शनिवार
प्रतिक्रिया