तुलसीपुर,१ असार ।
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ११ खर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगततर्फ १६ अर्ब ६२ करोड, ४३ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश ५ ले चालुतर्फ ४०.८० र पूँजीगततर्फ ५९.२ प्रतिशत बजेट विनियोजन गरेको हो । बजेटले भौतिक पूर्वाधार लाई मुख्य प्राथमिकतामा राखेको छ । सडक संजालको विस्तार टोल वस्तीसम्म पुराउने लक्ष्य सरकारले लिएको छ । उरहरी सुकौरा सम्मको दामोदर मार्ग,रुकुमकोट सडक,घोराही तुलसीपुरमा विद्युतीय बस सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ ।
यस्तै,पर्यटन क्षेत्रलाई समृद्धिको आधारको रुपमा लिएको छ । रोल्पाको थवाङमा संग्राहलय,दगिशरणमा थारु सास्कृति ग्राम बनाउन,दाङको धारपानीको पाण्डवेश्वर मन्दीरको भौतिक पुर्वाधार गर्नुका साथै तुलसीपुरमा बनस्पती उद्यान निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
प्रदेश ५ ले स्थानीय तहलाई सशर्त अनुदान दिन १ अर्ब रुपैयाँ छुट्याएको छ । त्यस्तै स्थानीय तहले पहिचान गरी सञ्चालन गर्ने आयोजनाका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश ५ को सरकारले केन्द्र सरकारले जस्तै सांसदहरुले योजना छनोट गर्ने गरी प्रदेशसभा निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
पुर्णपाठ हेर्न यँहा क्लिक गर्नुहोस ।
Budget Speech 2075.76 CM final