सरकार टिकाउन कुनै सौदाबाजी गरिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, ११ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताउनुभएको छ । आज नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उहाँले काँग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताउनुभयो । केपी ओलीको साख घट्यो भन्ने प्रायोजित टिप्पणी भएको भन्दै उहाँले आफू कति लोकप्रिय भन्ने कुरा २०८४ को चुनावमा देखाउने जिकिर गर्नुभयो ।।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया