चुर्लिङटारमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो ।

दाङ,१ असार ।इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा शुक्रबार बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ ।यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक आज बिहान ७ः२० बजे एकापसमा जुधेका हुन् ।
ज्यान गुमाउनेहरु मध्ये माइक्रोबस चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसीको मात्र अहिले सम्म सनाखत भएको छ भने अन्य तिन जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार १ गते शुक्रवार
प्रतिक्रिया