काँग्रेस–एमालेले लोकतन्त्र मर्न दिदैन : ओली

काठमाण्डौ, १० कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली काँग्रेसले लोकतन्त्र मर्न नदिने बताउनुभएको छ । आज काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले राजनीतिक परिवर्तनका लागि काँग्रेस र एमालेले असाधारण योगदान गरेको दाबी गर्नुभयो ।

अहिलेको सरकार नेकपा एमाले, नेपाली काँग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि सदैव अग्रणी रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया