दाङ, १ असार– घोराहीस्थित भिक्टोरिया कलेजमा बिबिए नया“ सेमेष्टरको शुरुवात फूल रोपेर गरिएको छ । शिक्षक र बिद्यार्थीहरुले शुक्रबार कलेज प्रांगणमा ज्ञाणको प्रतिकका रुपमा फूल रोपेर कक्षँको शुरुवात गरेका हुन् ।कलेजमा शुक्रबारदेखि बिबिए दोस्रो, चौथो, छौठौं र आठौं सेमेष्टरको पठनपाठन शुरुवात भएको छ । नया“ सेमेष्टर शुरुवात कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षालाई जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले बिबिए अध्ययन गर्ने बिद्यार्थीहरु बेरोजगार बस्नु नपरेको उल्लेख गर्दै शिक्षालाई व्यवहारिक बनाउन आबश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्राध्यापकहरु बामदेव भण्डारी, बसन्त रेग्मी र दुर्गालाल केसीले शिक्षालाई जीवन बदल्ने माध्यम बनाउनुपर्ने बिचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण कलेजका कार्यक्रम संयोजक केबी चौधरीले गर्नुभएको थियो ।
भिक्टोरिया कलेजमा फूल रोपेर नया“ सेमेष्टरको शुरुवात
प्रकाशित मिति : २०७५ असार १ गते शुक्रवार
प्रतिक्रिया